NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

यी हुन् एनएसएलका महंगा २१ खेलाडी

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि खेलाडीको अक्सन सकिएको छ ।

अक्सनमा २४१ खेलाडी सहभागी भएका थिए । जसमध्येबाट १० टोलीले १५-१५ जना खेलाडी अनुबन्ध गरेका छन् ।

यस पटकको अक्सनमा धनगढी एफसीले सर्वाधिक २४ लाख खर्च गरेको छ ।

यस्तै, स्पोर्टिङ इलामले सबैभन्दा कम खर्च अर्थात १८ लाख ५० हजारमात्र खर्चिएको छ ।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।

अक्सनको आयोजना नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले गरेको हो ।

यस पटकको अक्सनमा २१ खेलाडी महंगा साबित भए । उनीहरु सर्वाधिक ३ लाख ५० हजार मूल्यमा बिक्री भएका छन् ।

यस्तो छ महंगा खेलाडीको सूची :

दीप कार्की (विराटनगर)

मान बहादुर तामाङ र सुदीप गुरुङ (वीरगञ्ज)

सुमन अर्याल, रवि पासवान र दर्शन गुरुङ (बुटवल लुम्बिनी)

सिमान्त थापा, पुजन उपरकोटी र आकाश बुढा मगर (धनगढी)

सेसेहाङ आङ्देम्बे, निशान खड्का र सन्तोष तामाङ (झापा एफसी)

आशिष गुरुङ र सुनिल बल (काठमाडौं रेजर्स)

विशाल सुनार, सनिश श्रेष्ठ (ललितपुर एफसी)

दिनेश राजवंशी, छिरिङ गुरुङ र एरिक विष्ट (पोखरा)

गौतम श्रेष्ठ (स्पोर्टिङ इलाम)

त्रिदेब गुरुङ (एफसी चितवन) ।