NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

पशुपन्छी औषधि व्यवसायी संघमा सापकोटा निर्वाचित

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ (भेडगान) को अध्यक्षमा पूर्णचन्द्र सापकोटा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिस्पर्धी यज्ञराज ढकाललाई हराउँदै सापकोटा संघको दुईवर्षे कार्यकालका लागि विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार, सापकोटाले २४६ मत पाउँदा ढकाल १६२ मतमा रोकिएका थिए ।

त्यसैगरी, थोकतर्फको उपाध्यक्षमा रितेश रिमाल र खुद्रामा लक्ष्मण घिमिरे विजयी भएका छन् ।

महासचिवमा नारायणबहादुर भुजेल २२१ र सचिवका उम्मेदवार दिनेश कट्टेल २२५ मत हासिल गरेर आगामी दुईवर्षे कार्यकालका लागि विजयी भए ।

आयाततर्फको उपाध्यक्षमा धनकुमारी अधिकारी पाण्डे र कोषाध्यक्षमा सुना सुवेदी भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

चार सदस्यका लागि सात जनाबीच प्रतिस्पर्धा भएकोमा अशोक शर्मा, होमाकान्त काफ्ले, कृष्णप्रसाद लम्साल र राजेन्द्र थापा मगर विजयी भएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष