दमौलीमा यसरी भयो आगलागी
काठमाडौं । तनहुँको दमौली चोकमा आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगलागी भएसँगै स्थानीय स्तरबाट दमकल ल्याएर निभाउन खोजेपनि अहिलेसम्म आगो अनियन्त्रित नै भएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले नेपालवाचलाई जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको र १० मिनेटभित्र पुग्ने उनले बताए ।
अहिलेसम्म भाैतिक कति क्षति भयाे भन्ने कुरा अनुमान लगाउन तत्काल नसकिने उनको भनाइ छ ।
आगलागी नजिकैकाे मिनी मार्केट सुरू भएर भुपाल हार्डवेयर धेरै क्षति भएकाे स्थानीय पदम ढकालले जानकारी दिए ।



फाेटाे साैजन्य पदम ढकाल ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया