दमौलीमा लागेको आगो निभाउन हेलिकोप्टरको प्रयोग
काठमाडौं । तनहुँको दमौली चोकमा आगलागीपछि निभाउन हेलिकोप्टरको प्रयोग गरिएको छ । आगलागी नजिकैको मिनी मार्केट सुरू भएर भुपाल हार्डवेयर धेरै क्षति भएको छ ।
आगो निभाउन दमकलसहितको प्रयासले मात्रै नपुगेपछि हेलिकोप्टरको प्रयोग गरी निभाउने प्रयास गरिएको छ । अहिलेसम्म आगो अनियन्त्रित नै भएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले नेपालवाचलाई जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको थियो । अहिले हेलिकोप्टरले आगो निभाउने प्रयास गरिरहेको प्रत्यक्षदर्शी पदम ढकालले जानकारी दिए ।


ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया