अनन्त बने आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी
काठमाडौं । अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल) खेल्ने पहिलो खेलाडी बनेका छन् ।
नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्तले गएराति स्पोर्टिङ क्लब इस्ट बंगालबाट डेब्यू गर्दै आएएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।
उनी बेङ्गलुरुविरुद्ध सुरुवाती–११ मै परेका थिए । यद्यपि, उनी सम्मिलित इस्ट बंगालले हार व्यहोरेको छ ।
इस्ट बंगाललाई भारतका कप्तान सुनील क्षेत्रीको टोली बेङ्गलुरु एफसीले १–० गोल अन्तरले हराएको हो ।
बेङ्गलुरुलाई जित दिलाउन उनै सुनिलले २४ औँ मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बनेको हो ।
इस्ट बंगालले नेपाली सेन्टर ब्याक अनन्तलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया