मेक्सिकोका दुई फुटबल क्लबका समर्थकबीच झडप हुँदा २२ जना घाइते
एएफपी । मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् । मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो ।
क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल – ‘२०२२ क्लाउसुरा फुटबल प्रतियोगिता’को नवौं राउन्डमा ६३ औं मिनेट चल्दै थियो । यसैबीच विपक्षी र प्रशंसकहरूबीच झगडा शुरु भएको थियो ।
सुरक्षा गार्डहरुले प्रशंसकहरूलाई सुरक्षित स्थानमा पुग्न अनुमति दिन स्टेडियमको ढोका खोल्दा, कोही–कोहीले खेल रोक्न र खेलाडीहरूलाई लकर कोठामा पठाउन बाध्य पारेर हानाहान जारी राखेका बताइएको छ ।अराजक दृश्यहरू देखा परेको जनाइएको छ ।
मानिसको मृत्यु भएको कुनै समाचार प्राप्त भएको छैन । तर २२ जना घाइते र ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । क्वेरेटारो राज्यको नागरिक सुरक्षाले खेल रद्द भएको जानकारी दिएको छ ।
क्वेरेटारो क्लबले एक विज्ञप्ति प्रकाशित गरी हिंसाको निन्दा गरेर र हिंसामा जिम्मेवार जो कोहीविरुद्ध कडा कारबाही माग गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया