थप ६८ जनामा कोरोना पुष्टि, ५३८ संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र एक हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर परीक्षण मात्रै नाै लाख ७७ हजार ५०१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमणमुक्त भएसँगै देशभर कोरोनामुक्त हुनेको संख्या नाै लाख ५९ हजार ९३ जना पुगेको छ ।आज थप २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म ११ हजार ९४७ जनाले ज्यान गुमाइसकेका छन्

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया