पोखरामा भएको फोर्स गुर्खा टेस्ट ड्राइभमा ६७ जना सहभागी

काठमाडौं । फोर्स गुर्खा फोर इन्टु फोर इन्टु फोर टेस्ट ड्राइभ क्याम्पियन पोखरामा आज सम्पन्न भएको छ ।
हिमालयन अर्गनाइजेसनअन्तर्गत फोर्स माटर्स आधिकारिक आयातकर्ता तथा बिक्रेता रहेको आयाम इन्टर कन्टिनेन्टल प्रालिले पोखराको चाउथेमा टेस्ट ड्राइभ क्याम्पियन गरेको थियो ।
यो अवधिमा ६७ जना सहभागीले टेस्ट ड्राइभ गरेको आयोजकले जनाएका छन् ।
अब छिट्टै काठमाडौं, चितवन, झापा, इटहरीलगायत ठाउँमा टेस्ट ड्राइभ गर्ने बताइएको छ ।
प्रतिक्रिया