युक्रेनविरूद्धको आक्रमणको रुसमै विरोध, ११ सयभन्दा रुसी नागरिक पक्राउ
एजेन्सी । युक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एक हजार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमण सुरु भएको एक हप्तापछि एक युद्ध अनुगमनकारी रूसी संस्थाले जनाएको हो ।
विपक्षीको विरोधमा बन्दी प्रत्यक्षीकरणको निगरानी गर्ने ओभिडी–इन्फोले स्थानीय समयअनुसार आइतबार करिब २ः२० बजे रूसको विभिन्न ३५ सहरहरूमा एक हजार १०३ जनालाई थुनामा राखिएको बताएको छ ।
सबैभन्दा धेरै व्यक्ति साइबेरियाको नोवोसिबिस्र्क सहर र उराल्सको येकाटेरिनबर्गमा पक्राउ गरिएको हो ।
दङ्गा प्रहरीले देशको सबैभन्दा ठूलो सहर मस्को र सेन्ट पिटर्सवर्गका चोकहरूमा भेला भएका प्रदर्शनकारीहरूलाई पनि पक्राउ गरेका थियो ।
रुसको प्रमुख मानव अधिकार समूह, मेमोरियलले बताएअनुसार यसका एक प्रमुख कार्यकर्ता ओलेग ओर्लोभलाई प्लेकार्डसहित प्रदर्शन गर्दा मस्कोको मानेश्नाया प्लास्चाद चोकबाट पक्राउ गरिएको थियो ।
रुसी प्रहरीले आइतबार अवैध प्रदर्शन गर्ने सबै प्रयास ‘तत्काल दबाउने’ र आयोजक र सहभागीले आरोपको सामना गर्ने चेतावनी दिएको थियो ।
बन्दीगृहले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा फेब्रुअरी २४ देखि हालसम्ममा यूक्रेनबारे रुसी सरकारले लिएको कदमविरूद्ध आइतबार करिब १०,००० जना प्रदर्शनकारीहरू भेला भई पूटिनको कदमको विरोध गरेका थिए ।
सरकारी निर्णयको विरोधमा प्रदर्शन गर्ने समूह वा व्यक्तिविरूद्ध कडा कारबाही गर्न राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए ।
पुटिनले शुक्रबार रूसी सेनाको बारेमा ‘भ्रामक समाचार’ प्रकाशित गरेकोमा १५ वर्षसम्म जेल सजाय गर्ने विधेयकमा हस्ताक्षर गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया