जेलेन्स्कीको दाबी, ‘रुसी हमलामा युक्रेनी विमानस्थलमा क्षति’

एजेन्सी । रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन् ।
उनले भने, “भिनिट्सियामा भएको क्षेप्यास्त्र आठ वटा रकेटल आक्रमण गरिएको र आक्रमणपछि विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको छ ।”
रूसले ११ दिने पुरानो आक्रमण सुरु गरेदेखि युक्रेनका थुप्रै शहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएका छन् ।
भिनिट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा छ । यो रूस र बेलारूसको सिमानाभन्दा धेरै टाढा छ । यस क्षेत्रमा त्यस्तो हमला कम भएको छ ।
विमानस्थालमा भएको आक्रमणपछि जेलेन्स्कीले रूसी आक्रमण रोक्न पश्चिमी शक्तिहरूले युक्रेनमाथि उडान विरोधी क्षेत्र लागू घोषणा गर्ने आफ्नो मागलाई पुनः दोहो¥याएका छन् ।
“हामी हरेक दिन दोहो¥याइरहेका छौं । युक्रेनी आकाशलाई सहयोगी मुलुकहरूले उडान प्रतिबन्धको घोषणा गरून् । आकाशलाई सबै रूसी क्षेप्यास्त्र, रूसी युद्ध विमान र यूक्रेनी पृथकतावादीहरूका लागि बन्द गरियोस्,” उनले भने ।
उनले यूक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा नगर्दा दैनिक दर्जनौ यूक्रेनी नागरिकले ज्यान गुमाउनु परेको बताए ।
ताजा अपडेट
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
-
धुलिखेल-खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
प्रतिक्रिया