थप ८८ जनामा कोरोना पुष्टि, ३७६ संक्रमणमुक्त
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार ४९३ जनाको एन्टीजेन परीक्षण गर्दा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर परीक्षण मात्रै नौ लाख ७७ हजार ५६७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमणमुक्त भएसँगै देशभर कोरोनामुक्त हुनेको संख्या नौ लाख ५९ हजार ४६९ जना पुगेको छ ।
आज थप एक जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म ११ हजार ९४८ जनाले ज्यान गुमाइसकेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १५० छन् ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया