युद्धकै कारण युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित
काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको छ । यससँगै दुई देशबीच युद्ध भइरहेको छ । युद्धको प्रभाव फुटबलमा पनि उत्तिकै परेको छ ।
रुसी राष्ट्रिय टोलीसँगै त्यहाँ क्लबमाथि प्रतिबन्ध लागिसकेको छ । फिफा विश्वकप छनोटको प्ले अफमा रहेको रुस करबाहीपछि त्यहाँबाट बाहिरिइसकेको छ ।
यसैबीच, विश्वकप छनोटअन्तर्गत युक्रेन र स्कटल्याण्डबीचको प्ले अफ सेमिफाइनल खेल पनि स्थगित भएको छ ।
खेल मार्च २४ हुने तय भएको उक्त खेल स्थगित भएको फिफाले जनाएको छ । युक्रेनकै आग्रहपछि खेल स्थगित गरिएको हो ।
यस खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया