मेयरकप क्रिकेट हेर्न नगरपालिकामा २ दिन सार्वजनिक बिदा
काठमाडौं । क्रिकेट हेर्न र व्यवस्थापनका लागि भन्दै दुई दिन सार्वजनिक बिदा दिइएको छ ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले मेयरकप टी-२० क्रिकेट प्रतियोगिता हेर्नका लागि फागुन २५ र २६ गतेका लागि नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विज्ञप्ति जारी गर्दै नगरपालिले प्रतियोगिता अन्तिम चरणमा पुगेको हुँदा कर्मचारीसमेत सहभागी र व्यवस्थापनमा जुट्नुपरेकोले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
सार्वजनिक बिदा दिन जारी गरिएको विज्ञप्तिमा नगर प्रमुख सन्तोषकुमार मेहता र उपप्रमुख हुस्ने आराको हस्ताक्षरसमेत छ ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया