लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको फराकिलो जित, पुग्यो क्वार्टरफाइनलमा
काठमाडौं । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियन क्लब रेडबुल साल्जवर्गलाई ७–१ गोलको फराकिलो अन्तरले हराएको छ ।
यस जितसँगै बायर्न समग्रमा ८–२ गोल अन्तरको जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।
पहिलो लेगमा बायर्न र साल्जबर्गले १–१ गोलको बराबरी खेलेका थिए ।
घरेलु मैदानमा बायर्नलाई सहज जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको १२ औं मिनेटमै पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए ।
२१ औं मिनेटमा लेवान्डोस्कीले पुनः पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाए ।
यस्तै खेलको २३ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे । बायर्नको पनि ३–० अग्रता बनायो ।
त्यसपछि पनि बायर्न रोकिएन । खेलको ३१ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गरेपछि बायर्नले ४–० को अग्रता लियो ।
थोमस मुलरले ५४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता ५–० को बनाए ।
खेलको ७० औं मिनेटमा साल्जबर्गका केजरगार्डले सान्वना गोल फर्काएका थिए ।
त्यसैगरी खेलको ८३ औं मिनेटमा मुलरले नै व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता ६–१ को बनाए ।
त्यसपछि ८६ औं मिनेटमा लिरोय सानेले गोल गर्दै बायर्नलाई ७–१ को फराकिलो जित दिलाए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया