रुस विश्वकप छनोटबाट निस्कासित, पोल्याण्ड नखेली फाइनलमा
काठमाडौं । छिमेकी देश युक्रेनमाथि आक्रमण गरेपछि फुटबलमा रुसले मंहंगो मूल्य चुकाउनु परेको छ । सोही आक्रमणलाई निउँ बनाएर फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ ।
फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको पुष्टि गरेको हो ।
युरोपियन छनोटअन्तर्गत रुस प्ले अफमा पुगेको थियो । सेमिफाइनलअन्तर्गत रुसले पोल्याण्डसँग मार्च २९ मा खेल्ने तालिका रहेको थियो ।
तर, फिफाले पोल्याण्डलाई बाई दिँदै नखेलिकनै प्ले अफको फाइनलमा छनोट गराएको छ ।
अब पोल्याण्डले स्विडेन र चेक रिपब्लिकबीचको विजेतासँग फाइनलमा खेल्नेछ । त्यसको विजेता विश्वकपमा छनोट हुनेछ ।
फिफाले यसअघि नै रुसलाई अनिश्चितकालका लागि प्रतिबन्ध गरिसकेको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया