रुस र युक्रेनका क्लबमा खेल्ने विदेशी खेलाडीले सम्झौता रद्द गर्न पाउने
काठमाडौंं । छिमेकी देश युक्रेनमाथि आक्रमण गरेपछि रुसले फुटबलमा मंहंगो मूल्य चुकाउनु परेको छ । सोही आक्रमणलाई निउँ बनाएर फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ ।
युद्धको असर युक्रेनी फुटबललाई नपर्ने कुरै भएन । त्यहाँ पनि अहिले फुटबल गतिविधि बन्द भएका छन् । स्वयम् युक्रेनी खेलाडीसमेत युद्धमा होमिएका छन् ।
यसैबीच, फिफाले रुस र युक्रेनका क्लबहरूमा आवद्ध विदेशी खेलाडी तथा प्रशिक्षकले अस्थायीरुपमा सम्झौता टुंग्याउन सक्ने सुविधा दिएको छ ।
फिफाले रुस र युक्रेनमा रहेका विदेशी खेलाडी तथा प्रशिक्षकले सम्झौता अन्त्य गरेर अन्यत्र जान पाउने जनाएको हो ।
तर यो प्रावधान भने सिजनको अन्त्य अर्थात जुन ३० सम्मका लागि मात्र लागू हुने बताइएको छ ।
अन्य देशका क्लबहरूलाई रुस तथा युक्रेनमा खेलिरहेका विदेशी खेलाडीमध्ये दुई जनालाई अनुबन्धन गर्न पाउनेसमेत फिफाले निमय बनाएको छ ।
वेल्स र अष्ट्रियाबीचको खेल निर्धारित मितिमै
प्रतिक्रिया