तरुण दल खाली कांग्रेसको हतियारमात्र होइन : प्रदीप पौडल
दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हत्तियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् ।
नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, नेपाली कांग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्र्तक्रियात्मक गोष्ठीमा बोल्दै नेता पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हतयार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका हुन् ।
सुसंस्कृत तरुण दल आजको आवश्यकता भएको बताउँदै उनले बिग्रिएको समाजलाई सही बाटोमा ल्याउन कांग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए ।
पौडेलले भने, ‘विधि पद्धतिभित्र बसेर औपचारिक बहसमा उभिन तरुण दलको आवश्यकता छ । कांग्रेसलाई बलियो बनाउने हो भने उसको सम्पूर्ण अंग बलियो बन्नुपर्छ ।
उनले कांग्रेसलाई बलियो बनाउनका पार्टीको मेरुदण्ड मानिएको तरुण दललाई पनि अझै बलियो बनाउनुपर्ने औँल्याए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया