राताम्मे सेयर बजार, २ अर्ब ३५ करोडको कारोबार

काठमाडाैं । साताको चौथो दिन बुधबार सेयर कारोबार ओरालो लागेको छ । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से ३०.३६ अंकले घटेर दुई हजार ५ सय १४ दशमलब ६५ विन्दुमा पुगेको छ ।
आज सेन्सेटिभ इण्डेक्स पनि घटेको छ । सेन्सेटिभ इण्डेक्स ५.३५ अंकले घटेर ४८७.१९ बिन्दुमा पुगेको छ ।आज २२९ कम्पनीको ४९ लाख ५९ हजार ९९१९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका १३ उपसमूको नै सेयरमूल्य घटेको छ । आज सबैभन्दा धेरै विकास बैंकको सेयरमूल्य २.३३ प्रतिशतले घटेको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया