NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

नवलपरासीमा पल शाहको बयान लिइयो

काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल (पूर्वविक्रम) शाहकाे पूर्वी नवलपरासीको गैंडाकोटमा बयान लिइएको छ ।

उनलाई प्रहरीले बयान लिएको हो । शाहलाई अनुसन्धानका लागि मंगलबार तनहुँको दमौलीबाट गैँडाकोट लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै शाहविरुद्ध बलात्कारको उजुरी गैँडाकोट प्रहरीमा परेका पत्रमार्फत जानकारी दिएको थियो । सोहीअनुसार उनलाई गैँडाकोट लगिएको हो ।

शाहलाई करिब एक हप्ता राखेर अनुसन्धान गरिने छ । गैँडाकोटको अनुसन्धान सकिएपछि शाहलाई तनहुँमै पठाइने प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष