नवलपरासीमा पल शाहको बयान लिइयो
काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल (पूर्वविक्रम) शाहकाे पूर्वी नवलपरासीको गैंडाकोटमा बयान लिइएको छ ।
उनलाई प्रहरीले बयान लिएको हो । शाहलाई अनुसन्धानका लागि मंगलबार तनहुँको दमौलीबाट गैँडाकोट लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै शाहविरुद्ध बलात्कारको उजुरी गैँडाकोट प्रहरीमा परेका पत्रमार्फत जानकारी दिएको थियो । सोहीअनुसार उनलाई गैँडाकोट लगिएको हो ।
शाहलाई करिब एक हप्ता राखेर अनुसन्धान गरिने छ । गैँडाकोटको अनुसन्धान सकिएपछि शाहलाई तनहुँमै पठाइने प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया