२२४ कोरोना संक्रमित थपिए, २५१ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घटामा देशभर २२४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६ हजार ९३६ जनाको परीक्षण गर्दा पिसिआर विधिबाट ६८ तथा ३ हजार १५६ एन्टिजेन विधिबाट १५६ गरी २५१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ७०९ जना पुगेको छ । त्यस्तै एन्टिजेन विधिबाट कुल १ लाख ८५ हजार ३१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २५१ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ६० हजार ६८ जना रहेका छन् ।
कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४९ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६९२ जना छन् ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया