२२४ कोरोना संक्रमित थपिए, २५१ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घटामा देशभर २२४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६ हजार ९३६ जनाको परीक्षण गर्दा पिसिआर विधिबाट ६८ तथा ३ हजार १५६ एन्टिजेन विधिबाट १५६ गरी २५१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ७०९ जना पुगेको छ । त्यस्तै एन्टिजेन विधिबाट कुल १ लाख ८५ हजार ३१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २५१ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ६० हजार ६८ जना रहेका छन् ।
कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४९ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६९२ जना छन् ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया