NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रिय फुटबल टोली घोषणा, छैनन् लिग विजेता मछिन्द्रका खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेको छ ।

अर्को महिना थाइल्यान्डमा हुने २ मैत्रीपूर्ण खेलका लागि एन्फाले आज २५ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको हो ।

गत साता सम्पन्न ए डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै टोली घोषणा गरिएको भए पनि त्यसमा लिग विजेता मछिन्द्र क्लबका खेलाडी भने मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी समावेश गरेका छैनन् ।

मछिन्द्रले चैत २२ गते श्रीलंकाको ब्लु स्टारसँग खेल्दैछ । यसैकारण मैत्रीपूर्ण खेलमा उनीहरूलाई समावेश नगरिएको एन्फाले जनाएको छ ।

नेपाली टोलीले चैत १० गते थाइल्यान्डको राष्ट्रिय टोलीसँग पहिलो र चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने छ ।

यस्तो छ नामावली :

Players: Kiran Kumar Limbu (GK), Tikendra Thapa (GK), Deep Karki (GK), Aashish Lama, Ayush Ghalan, Ananta Tamang, Anjan Bista, Arik Bista, Prashant Awasthi, Nabin Gurung, Darshan Gurung, Nitin Thapa, Dinesh Rajbanshi, Gautam Shrestha, Pujan Uperkoti, Santosh Tamang, Akash Buda Magar, Suman Aryal, Suman Lama, Sudip Gurung, Suraj Jeu Thakuri, Tej Tamang, Subash Gurung, Rohit Chand, Jagjeet Shrestha