च्याम्पियन्स लिगमा मेसीको पिएसजीको विजोग, रियल क्वार्टरफाइनलमा

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्टार खेलाडीले भरिएको पिएसजी अन्तिम १६ बाटै बाहिरिएको छ ।
बिहीबार बिहान सकिएको खेलमा स्पेनिस रियल म्याड्रिडसँग समग्रमा ३-२ गोलले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको हो ।
स्टार मेसी,एम्बाप्पे र नेयमार जस्ता खेलाडीले भरिए पनि पिएसजी दोस्रो लेगमा ३-१ ले पराजित भयो ।
३९ अौं मिनेटमा एम्बाप्पेले गोल गर्दा पिएसजी २-० ले अघि थियो । तर रियलका लागि करिम बेन्जमा नायक बने । उनले ६१, ७६ र ७८ मिनेटमा ह्याट्रिक गर्दै टिमलाई सानदार जित दिलाए ।
जितसँगै रियल क्वाटरफाइनल प्रवेश गरेको छ ।
पहिलो लेग १-० ले जितेको पिएसजी बाहिरिएको छ ।
प्रतिक्रिया