संखुवासभा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो

काठमाडाैं । संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
बा.४ ख. ७३५ नम्बरको दमक जाँदै गरेको बस मादी नगरपालिका -६ सात घुम्तीमा दुर्घटनामा परेको हो । दुर्घटना बिहान साढे सात बजे भएको हो ।
बस सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यकको पहिचान भने भइसकेको छैन ।
त्यस्तै दुघर्टनामा परेका पाँच जनाको जीवितै उद्धार गरी उपचारको लागि सदरमुकाम चैनपुर लगिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया