आफ्नो टोलीले हारेपछि पिएसजीका अध्यक्षले गरे रेफ्रीका सामान तोडफोड
![आफ्नो टोलीले हारेपछि पिएसजीका अध्यक्षले गरे रेफ्रीका सामान तोडफोड](https://nepalwatch.com/wp-content/uploads/2022/03/psg-1.jpg)
काठमाडौं । स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टफाइनलबाटै बाहिरएको छ । यससँगै अहिले पिएसजीका खेलाडीको आलोचना भइरहेको छ ।
तर, यता पिएसजीका अध्यक्ष नासेर अल–खेलाइफी भने रेफ्रीका कारण आफ्नो टोली पराजित भए भन्दै आक्रोशित भएका छन् । उनी खेल सकिएपछि रेफ्रीमाथि खनिए ।
आक्रोशित भएका खेलाइफी रेफ्रीको ड्रेसिङ रुममा प्रवेश गर्न खोजेका थिए ।
तर रेफ्रीले उनलाई बाहिर जान आग्रह गरेका थिए । त्यसपछि उनै झनै आक्रोशित भए । उनले रेफ्रीको सामान तोडफोड गरे ।
खेलाइफीले तोडफोड गरेको दृश्य रियल मड्रिडका स्टाफले खिचेका हुन् । उक्त दृश्य उनीमाथि कारवाहीका लागि युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएलाई पठाउने भएको छ ।
अन्तिम १६ को दोस्रो लेगमा पिएसजी स्पेनिस क्लब रियलसँग बुधबार राति ३–१ ले पराजित भएको छ । पहिलो लेगमा भने पिएजी १–० ले अगाडि थियो ।
रियलले समग्रमा ३–२ ले खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
च्याम्पियन्स लिगमा मेसीको पिएसजीको विजोग, रियल क्वार्टरफाइनलमा
प्रतिक्रिया