बारा कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने
कलैया । नेपाली कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ । कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।
सभापतिका उम्मेदवार राजेशराय यादवले ८३३ मत सहित पहिलो, शम्भुबहादुर बुढाथोकी ८०९ मतसहित दोस्रो र रमानन्द यादव ७०८ मतसहित तेस्रो स्थानमा आउनुभएको छ । निर्वाचन अधिकृत उप्रेतीले २८ मत बदर भएको जानकारी दिए ।
यस निर्वाचनमा ५१ प्रतिशत मत हासिल गर्न कुनै पनि उम्मेदबारले नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ ।
बिहीबार दुई उम्मेदवारबीच छलफल गरेपछि अर्को निर्वाचनको मिति तोक्ने निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए । सम्भवत फागुन २७ गते नै निर्वाचन गर्ने गरी छलफल अगाडि बढाइएको निर्वाचन अधिकृत उप्रेतीको भनाइ छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया