NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

५२ अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से बढेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार बिहीबार नेप्से ५२.३१ अंकले बढेर २५६६.९० विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स ६.३४ अंकले बढेर ४९३.५३ विन्दुमा पुगेको छ । आज नेप्से बढेपनि कारोबार रकममा भने सुधार हुन सकेन ।

आज कुल २२६ कम्पनीको ४३ हजार ५३८ पटकको कारोबारमा ५६ लाख १० हजार ६३१ कित्ता शेयर खरिदबिक्री गर्दा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार २ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएको थियो।

बिहीबार १३ उपसमूहमध्ये १२ उपसमूहको नै परिसूचक बढेको छ । बिहीबार वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंक उपसमूहको परिसूचक ४.७९ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ४.१५ प्रतिशत र लगानीको ४.२ प्रतिशत बढेको छ ।

आज व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन सबैभन्दा कम अन्य उपसमूहको परिसूचक ०.०४ प्रतिशत बढेको छ।

त्यस्तै बैंकको १ प्रतिशत परिसूचक बढेको छ भने होटल एण्ड टुरिजम, म्युचल फण्डको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।