थप ११२ कोरोना संक्रमित थपिए, ४२९ कोरोनामुक्त
काठमाडाैं । नेपालमा पछिल्लो २४ घटामा देशभर ११२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६ हजार ८०१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ७७ तथा २ हजार ५२७ एन्टिजेन विधिबाट ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ७८६ जना पुगेको छ । त्यस्तै एन्टिजेन विधिबाट कुल १ लाख ३९ हजार ८७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ४२९ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ६० हजार ४९७ जना रहेका छन् ।
बिहीबार कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बुधबार पनि कोरोनाबाट कसैको ज्यान गएको थिएन । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४९ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३४० जना छन् । त्यस्तै १०६ जना क्वारेन्टिनमा छन् ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया