आव ०७९/८० मा सरकारको कुल खर्चको सीमा १७ खर्ब ४५ अर्ब

काठमाडाैं । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वानथ पौडेलको संयोजकत्वमा रहेको समितिले अनुमान तथा खर्चकोे सीमा निर्धारण गरेको हो ।
समितिले आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको कुल स्रोत वा खर्चको सीमा १७ खर्ब ४५ अर्ब रुपैयाँ अनुमान गरेको छ । त्यस्तै आव २०८०/८१ मा १९ खर्ब ३१ अर्ब र आव २०८१÷८२ मा २१ खर्ब ९२ अर्ब रुपैयाँ अनुमान गरेको छ ।
नेपाल सरकारले संकलन गर्ने राजश्व आगमी तीन आर्थिक वर्षमा सरदर १५ प्रतिशतको हाराहारीमा रहने समितिको अनुमान छ । त्यस्तै संघीय सर्वसञ्चित कोषमा दाखिला हुने राजश्वको कुल ग्राहस्थ उत्पादनसँगको अनुपात २६ प्रतिशतको हाराहारीको अनुमान छ ।
खर्च सीमा निर्धारण तथा स्रोत अनुमान गर्दा आर्थिक वृद्धिदरको लक्ष र विषय क्षेत्रगत लक्ष हासिल गर्न आवश्यक स्रोतको आंकलन तथा अनुमान गरिएको छ । अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र नेपाल राष्ट्र बैंकबाट प्राप्त विवरणसमेत अध्ययन गरी खर्च सीमा तथा स्रोत निर्धारणमा आर्थिक वृद्धिदर, मुद्रास्फीति, राजश्व तथा वैदेशिक सहायता प्राप्तिसम्बन्धी विवरणमा आधारित रहेको छ ।
वैदेशिक सहयातको अनुमान अर्थमन्त्रालयबाट प्राप्त वैदेशिक सहायता प्राप्तिसम्बन्धी विवरणमा आधारित रहेको छ भने आन्तारिक ऋणको सीमा कुल गाह्स्थ उत्पादनको ५ प्रतिशत भित्र रहेने गरी अनुमान गरिएको छ ।
वित्तिय संघियताअन्र्तगत अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम राजश्व बाँडफाँट एवं प्रदेश र स्थानीय तहको खर्चको अवस्था र आवश्यकताका आधारमा मुद्रास्फीतिलाई ध्यानमा दिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया