शोधनान्तर घाटा २ खर्ब ४७ अर्ब घाटामा

काठमाडाैं । चालु आर्थिक वर्षको सात महिनामा देश भित्रिनेभन्दा बाहिरिने रकमको अन्तर शोधनान्तर घाटा २ खर्ब ४७ अर्बमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधान्तर स्थिति ९७ अर्ब ३६ करोडको बचतमा थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ७ महिनाको तथ्यांक अनुसार समिक्षा अवधिमा चालु खाता ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा छ ।अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा थियो ।
पुस मसान्तसम्म भने शोधान्तर घाटा २ खर्ब ४३ अर्ब रुपैयाँ घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले घाटामा छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी आई ६ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८०.६ प्रतिशतले वृद्धि भइ १६ खर्ब २९ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ८३ करोड रूपैयाँ थियो । त्यस्तै प्रत्यक्ष वैदेशिक लगानी ९ खर्ब २ करोड रहेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया