झापामा ७० लाखको औषधि बरामद
बनियानी । झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
उहाँका अनुसार शुक्रबार साँझ ६ः१५ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति–४ मा इलामबाट झापातर्फ आउँदै गरेको मे१च ६८३३ नंको पिकअप गाडीमा माथिबाट छुर्पी र घिउको बोराले छोपेर अवैध औषधि ल्याउँदै गर्दा राई पक्राउ परेका हुन् । उनका साथबाट रु ७० लाख ७७ हजार ९४४ बराबरको ११ प्रकारका औषधि बरामद गरिएको छ ।
बरामद औषधि र पिकअप गाडीको मूल्य रु आठ लाख मूल्याङ्कन गरी थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाइने मोरङ पठाउने तयारी भइरहेको उहाँले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया