चीनमा दैनिक कोभिड संक्रमण दुई वर्षयताकै उच्च, चाङ्गचुनमा लकडाउन
काठमाडौं । कोभिड–१९ को उदगम देश चीनमा फेरि यसको संक्रमण फैलिएको छ । संक्रमणको ग्राफ बढेपछि यहाँको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार चीनमा अहिले दैनिक संक्रमण दश हजार माथि छ । यो दुई वर्षयताकै उच्च दैनिक संक्रमण दर हो ।
जिलिन प्रान्तको राजधानी चाङ्गचुनमा ओमिक्रोन भेरियन्ट संक्रमित बढ्न थालेपछि घरबाटै काम गर्न आदेश दिइएको छ । अत्यावश्यकीय सामग्री खरिदका लागि एक घरबाट प्रत्येक दुई दिनमा एक जना मात्र बाहिर जाने नियम बाँधिएको छ । यो शहरमा ९० लाख मानिसको आवादि छ ।
चीनका अन्य क्षेत्रमा पनि कोभिड–१९ संक्रमण फैलिएको छ । सांघाइका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालनमा रोक लगाइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया