कांग्रेसको धनुषा सभापतिमा पजियार विजयी
काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी निर्वाचित भएका हुन् ।
शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका थिए भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
कुल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया