NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सात महिनामा सरकारको कुल खर्च ५ खर्ब ९१ अर्ब

काठमाडाैं । चालु आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा संघीय सरकारको कुल खर्च ५ खर्ब ९१ अर्ब २ करोड भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनसार ७ महिनाको अवधिमा चालु खर्चतर्फ ४ खर्ब ७५ अर्ब ६२ करोड, पुँजीगत खर्चतर्फ ६० अर्ब ७९ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ५४ अर्ब ६१ करोड रहेको छ ।

समीक्षा अवधिमा सरकारको कुल राजस्व ६ खर्ब १३ अर्ब ४१ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकमसमेत) परिचालन भएको छ । यसमध्ये कर राजस्वतर्फ ५ खर्ब ६० अर्ब ८४ करोड र गैर-कर राजस्वतर्फ ५२ अर्ब ५७ करोड परिचालन भएको छ ।

समीक्षा अवधिमा संघीय सरकारले ट्रेजरी विलमार्फत् २३ अर्ब र विकास ऋणपत्रमार्फत् २९ अर्ब ५० करोड परिचालन गरी ५२ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ ।