सात महिनामा सरकारको कुल खर्च ५ खर्ब ९१ अर्ब
काठमाडाैं । चालु आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा संघीय सरकारको कुल खर्च ५ खर्ब ९१ अर्ब २ करोड भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनसार ७ महिनाको अवधिमा चालु खर्चतर्फ ४ खर्ब ७५ अर्ब ६२ करोड, पुँजीगत खर्चतर्फ ६० अर्ब ७९ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ५४ अर्ब ६१ करोड रहेको छ ।
समीक्षा अवधिमा सरकारको कुल राजस्व ६ खर्ब १३ अर्ब ४१ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकमसमेत) परिचालन भएको छ । यसमध्ये कर राजस्वतर्फ ५ खर्ब ६० अर्ब ८४ करोड र गैर-कर राजस्वतर्फ ५२ अर्ब ५७ करोड परिचालन भएको छ ।
समीक्षा अवधिमा संघीय सरकारले ट्रेजरी विलमार्फत् २३ अर्ब र विकास ऋणपत्रमार्फत् २९ अर्ब ५० करोड परिचालन गरी ५२ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया