१४ वर्ष २ महिनापछि रोनाल्डोको ह्याट्रिक, फिफाको बधाई
काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले झण्डै १४ वर्ष ५९ दिनपछि इंग्लिस प्रिमियर लिगमा ह्याट्रिक गरेका छन् । उनले गएराति टोटनहम हटस्परविरुद्ध ह्याट्रिक गर्दै उनले युनाइटेडलाई जित दिलाए ।
गएराति भएको खेलमा युनाइटेडले टोटनहमलाई ३–२ गोल अन्तरले हराएको हो ।
इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड फर्किएपछिको यो उनको पहिलो ह्याट्रिक हो । उनले आफ्नो करिअरको ४९ औँ ह्याट्रिक पूरा गरेका छन् ।
यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि बनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
रोनाल्डोले ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।
यद्यपि, फुटबलको सर्वोच्च निकाय फिफाले भने यस्को आधिकारिक पुष्टि गरेको छैन ।
तर, ३७ वर्षको उमेरमा पनि ह्याट्रिक गर्न सकेको भन्दै फिफाले रोनाल्डोलाई बधाई दिएको छ ।
यस जितसँगै युनाइटेड चौथो स्थानमा उक्लिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया