NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गर्मीमा छाला सुख्खा हुनबाट जोगाउन अपनाउनुहोस् यी घरेलु उपाय

गर्मी होस् या जाडो मौसम, सुख्खा छालाको समस्या ठूलो चिन्ता हो । पानीको कमीका कारण छालामा गम्भीर असर पर्छ । यसले छालाको बाहिरी सतह बिग्रिन थाल्छ । यस्तो अवस्थामा बिना मस्चराइजर हिँड्न सकिँदैन । मस्चराइजर लगाए पनि धेरै समय टिक्न सक्दैन । यसकारण छाला स्वस्थ राख्न तपाई घरेलु सामाग्री प्रयाेग गर्न सक्नुहुन्छ ।

१) घिउकुमारीको जेल
एलोभेरा जेलको प्रयोग छालाका लागि निकै राम्रो मानिन्छ । आजभोली धेरै सौन्दर्य सामाग्रीमा घिउकुमारीको जेल मिसाइएको हुन्छ । घिउकुमारीबाट छालाको सुख्खापन हराउँछ र छाला नरम हुन्छ । घिउकुमारीमा हिलिङ र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । घिउकुमारीको ताजा जेलले अनुहार मसाज गर्ने हो भने ‘ड्राइनेस’ हराउँछ ।

२) नरिवलको तेल
नरिवलको तेल कपालका लागि मात्र होइन, छालाको लागि पनि वरदान मानिन्छ । यसमा हेल्दी फ्याटी एसिड हुन्छ । जसका कारण छाला नरम हुन्छ । नरिवल तेलको विकल्पका रुपमा बेबी आयल वा भेजिटेबल आयल पनि प्रयोग गर्न सकिन्छ । नरिवल तेल दिनमा दुईपटक भन्दा लगाउनु उपयुक्त हुन्छ ।

३) ओलिभ तेल
ओलिभ तेलमा मस्चराइजिङ गुण हुन्छ । यसबाट छालालाई पोषण प्राप्त हुन्छ । यसबारे भएका शोधअनुसार सुख्खा छालाका कारण हुने एलर्जीबाट पनि राहत मिल्छ ।

४) बदाम तेल
बदाम तेल धेरै लामो समयदेखि प्रयोग हुँदै आएको छ । बदामको तेलले पनि छाला नरम बनाउँछ । यसमा जेरेनियम एसेन्सियल आयल पनि मिसाएर लगाउन सकिन्छ । यो हरेक साँझ सुत्नुभन्दा पहिला लगाउनुपर्छ ।

५) भिटामिन ई
भिटामिन ईले छालामा निकै सुधार ल्याउँछ । यसमा एन्टिअक्सिडेन्ट धेरै हुन्छ । छालासँग सम्बन्धित धेरै समस्याका लागि भिटामिन ई प्रभावकारी छ । साथै बढ्दो उमेरका कारण हुने चाउरीपन पनि यसले नियन्त्रण गर्न सक्छ ।