डलरको भाउ स्थिर, अन्य देशको मुद्राको विनिमय दर कति छ ?

काठमाडाैं । सोमबार अमेरिकी डलर एकको भाउ स्थिर छ । आज अमेरीकी डलरको भाउ आइतबारकै अर्थात खरिददर १२२ रूपैयाँ २५ पैसा र बिक्रीदर १२२ रूपैयाँ ८५ पैसा रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिददर भने १३३ रूपैयाँ ३९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४ पैसामा कारोबार भइरहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ १३ पैसा पुगेको छ । यसको बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा पुगेको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४० पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६० रुपैयाँ १७ पैसा कायम छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५४ पैसा छ ।
जापानी येन आज खरिददर १० रूपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैया ७५ पैसा रहेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया