पशु सुत्केरी भत्ता वितरण
कोहलपुर । कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् । पशु बीमा कार्यक्रमअन्तर्गत किसानले व्योर्होने बीमा प्रिमियमको ५० प्रतिशत अनुदान र पशु सुत्केरी भत्ता रकम वितरण सुरु गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।
उनले किसानलाई कृषि क्रान्ति गर्नका नगरपालिकाले लागि सहज र सरल किसानमैत्री वातावरण तयार गरिदिएको बताए । सुत्केरी भत्ता तेस्रो चरणको र बीमा पहिलो र दोस्रो चरणको रकम भुक्तानी दिएको नगर पशु सेवा शाखाका प्रमुख गोेविन्द रोकायले बताए । उनका अनुसार, बीमा पशु बीमा कार्यक्रममा १३६ कृषक लाभान्वित भएका छन् जसमा ३५५ पशु संख्यामध्ये गाई ८४, भैँसी १७२, बाख्रा ७९ रहेका छन् । किसानलाई दुई लाख ३४ हजार २७१ वितरण गरिएको छ ।
पशु सुत्केरी भत्ता ११७ कृषकलाई वितरण गरिएको छ । जम्मा १८३ मध्ये गाई ८५ र भैँसी ९८ रहेका छन् । किसानलाई पशु सुत्केरी भत्ताको तीन लाख ६६ हजार वितरण गरेको पशु सेवा शाखा प्रमुख रोकायले बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया