माओवादीका भ्रातृ संगठनको आरोप : ‘पिर’ले महिलाको चरित्र हत्या गर्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट केही भ्रातृ सङ्गठनले गायक प्रकाश सपुतको ‘पिर’ नामक गीतले तत्कालीन जनयुद्धमा लागेका महिलाको अपमान गरेको आरोप लगाएका छन् ।
अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति प्रकाशन गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी प्रस्तुत गरिएकाले यसले जनयुद्धप्रति नै अपमान गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।
उक्त भिडियोका कतिपय प्रस्तुति आपत्तिजनक भएको भन्दै ती सङ्गठनहरुले सम्बद्ध व्यक्ति तथा निकायको ध्यानाकर्षण पनि गराएका छन् ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया