बैंकिङ कसुरमा पक्राउ परेका व्यक्ति अदालतमा पेस
काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई लामो समयदेखि फारार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको छ । ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुरको कमलविनायक बस्दै आएकी राधा माताङीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई अदालतले पाँच दिन कैद र रु १९ लाख जरिवाना तोकेको थियो । सानिमा बैंकको नारी बचत खातामा पर्याप्त रकम नरहेको जान्दाजान्दै भुक्तानीका लागि माताङीले पीडितलाई चेक काटेर दिएकामा सो नसाटिएपछि बैंकिङ कसुर गरेको ठहर भएको थियो ।
विसं २०७७ मा यसरी चेक दिएको भनी परेको मुद्दामा उच्च अदालत पाटनले गत पुस २० गते फैसला गर्दै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम रु १९ लाख जरिवाना र पाँच दिन कैदको फैसला गरेको थियो ।
फैसलापछि माताङी फरार थिइन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउ गर्न परिचालित टोलीले उनलाई आज भक्तपुरबाट पक्राउ गरेको हो ।
माताङीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया