२७ वर्षअघि भ्रष्टाचार गर्ने २० जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ वर्षअघि सार्वजनिक जग्गा दुरुपयोग गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले शुक्लागण्डकी नगरपालिका वडा नं १६ स्थित हिमाली प्रा.वि. तनहुँका तत्कालीन व्यवस्थापन समितिका अध्यक्षसहित २० जनाविरुद्ध सार्वजनिक जग्गा दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको २०५१ बैशाख ११ गतेको वैठकले गैरकानूनी रूपमा सार्वजनिक जग्गामा व्यक्तिगत आवास निर्माणका लागि अनुमति दिएको थियो । त्यसबापत व्यवस्थापन समितिका सदस्यहरुले १ लाख ६९ हजार ५१ रुपैयाँ घुस लिएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
अख्तियारले दायर गरेको रिटमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानिया, सदस्य सचिव तथा प्रधानाध्यापक यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँलाई मुख्य अभियुक्त किटान गरेको छ ।
उनीहरूले सरकारी जग्गा भोगचलन गर्ने, गराउने कसुर गरेको पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) बमोजिम कारबाहीको माग गरेको हो । अख्तियारले गैरकानूनी रूपमा सरकारी जग्गा भोगचलन गर्नेबाट जग्गा जफत गर्नसमेत विशेष अदालतसमक्ष माग गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया