४ कर्मचारी मिलेर ६० लाख ९७ हजार भ्रष्टाचार !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्धको कारबाही तीव्र बनाएको छ । अख्तियारले पुराना भ्रष्टाचारका उजुरीहरू छानबिन गर्दै मुद्दा चलाउन थालेको छ । सोमबार २७ वर्षअघिको सार्वजनिक जग्गा दुरुपयोगसम्बन्धी भ्रष्टाचार मुद्धा दर्ता गरेको आयोगले ५ वर्षअघि भएको ६० लाख ९७ हजार रुपैयाँ बराबरको भ्रष्टाचारविरुद्ध मुद्दा चलाएको हो ।
गोरखाको अजिकोट गाउँपालिका वडा नं ३ हंशपुर र वडा नं ५ मुच्चोकका वडा सचिव दीपकबहादुर दर्जीसमेत चार जनाविरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
साविकको हंशपुर र मुच्चोक गाविसका तत्कालीन गाविस सचिव दीपकबहादुर दर्जी, हेल्थ असिस्टेन सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी विशाल बिक. र साविक मुच्चोक गाविसका अहेब चन्द्रकान्त सुवेदीले मिलेमतोमा ६० लाख ९७ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको ठहर छ ।
उनीहरूले जिल्ला विकास समितिबाट निकासा भएको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न रकम बुझेको तर त्यो पैसा वितरण नगरेर व्यक्तिगत खातामा लगेको अख्तियारले छानबिनबाट ठहर गरेको छ ।
अख्तियारका अनुसार आरोपितमध्ये दीपकबहादुर दर्जी र सुरेश दवाडीले संयुक्त चेकबाट रकम निकालेर विशाल विकको खातामा जम्मा गरेर हिनामिना गरेका थिए । यस्तै साविक मुच्चोक गाविसको ३३ लाख रुपैयाँ अहेब चन्द्रकान्त सुवेदी र दीपकबहादुर दर्जीको संयुक्त हस्ताक्षरबाट निकालेर हिनामिना गरेको अख्तियारको ठहर छ ।
यसरी सरकारी कोषबाट ६० लाख ९७ हजार रुपैयाँ हिनामिना गर्ने अपराधमा संलग्न चार जनाविरुद्ध अख्तियारले बिगो मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान विभागले जनाएको छ ।
ताजा अपडेट
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
-
धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा
प्रतिक्रिया