आर्मीले चौथोपटक उचाल्यो झापा गोल्डकप
बनियानी । नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ । झापाको डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।
उपाधिका लागि आर्मीका टेकबहादुर १८औँ मिनेटमा टेकबहादुर बुढाथोकी र २०औँ मिनेटमा जर्ज प्रिन्स कार्की एक÷एक गोल गरेका थिए । झापा–११ का लागि विमल घर्ती मगरले २४औँ मिनेटमा एक गोल फर्काएका थिए ।
पहिलो हाफमा २–१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो । दोस्रो हाफमा झापाले गोलका लागि निकै प्रयास गरे पनि सफलता हात पार्न सकेन । योसँगै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ । झापा–११ ले भने पाँच पटक नै उपविजेतामा चित्त बुझाएको छ ।
प्रतियोगितामा विजयी आर्मीले नगद रु १२ लाख ५५ हजार र उपविजेता झापा–११ ले रु छ लाख पाँच हजार हात पारेको छ । समापन समारोहमा झापा–११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया