NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

टेलिकमले ४० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत बोनस सेयर दिन लागेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो। टेलिकमले पहिलोपटक बोनस सेयर प्रस्ताव गरेको छ । लाभांश प्रस्तावसहित यसले चैत २४ गते साधारण सभा पनि बोलाएको छ ।

यसका लागि चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।