बक्सअफिसमा ‘द कश्मिर फाइल्स’ को धमाका
मुम्बई । शुक्रबारबाट प्रदर्शनमा आएको भारतीय फिल्म ‘द कश्मिर फाइल्स’ले पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको थियो । दोस्रो दिन फिल्मको कमाईमा १३९.४४ प्रतिशतले वृद्धि भयो । अर्थात् फिल्मले ८ करोड ५० लाख कमाइ गर्यो ।
तेस्रो दिन फिल्मले बक्सअफिसमा ठूलो उछाल ल्याएको छ । ३२५.३५ प्रतिशतले वृद्धि हुँदै तेस्रो दिन १५ करोड १० लाख कमाएको छ । तीन दिनमा फिल्मको कमाई २७ करोड १५ लाख पुगेको छ ।
फिल्मले बलिउडमा नयाँ इतिहास बनाएको छ । यस फिल्मको प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेत्री कंगना रनावत, अभिनेता अक्षय कुमारसहित धेरै दर्शक, समालोचकहरुले पनि प्रशंसा गरेका छन् । यो ठूलो बजेटको फिल्म थिएन, धेरै प्रचार पनि गरिएको थिएन तर फिल्मको बलियो कथाले सबैको ध्यान तान्यो ।
फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
फिल्ममा ९० को दशकमा आफ्नै राज्यबाट निकालिएका कश्मीर पीडितको कथा देखाइएको छ । विवेक रञ्जन अग्निहोत्रीको निर्देशन रहेको फिल्म अभिषेक अग्रवालले निर्माण गरेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया