टी–२० मा असफल भएपछि एकदिवसीय विश्वकप छनोटको बाटोमा नेपाल
काठमाडौं । युएईसँग पराजित हुँदै नेपाल टी–२० विश्वकप छनोटमा पुग्न असफल भएको केही समयमै एकदिवसीय विश्वकप खेल्ने अभियानतर्फ अघि बढेको छ ।
एक दिवसीय विश्वकप छनोटको आइसिसी क्रिकेट वल्र्डकप लिग २ मा नेपालले त्रिकोणात्मक सिरिज भोलिबाट खेल्दैछ । जसमा नेपालले युएई र पपुवा न्युगिनीविरुद्ध दुई दुई खेल खेल्दैछ ।
युएईको घरेलु मैदानमा नेपालले यो महत्वपूर्ण सिरिज खेल्न लागेको हो । पहिलो खेल भने पुपुवा न्युगिनीसँग भोलि हुनेछ । आज युएई र पपुवा न्युगिनी भिडिरहेका छन् ।
नेपालसहितका सातवटा टिमले ९/९ वटा त्रिदेशीय सिरिज खेल्नेछन् । यस क्रममा शीर्ष तीनमा पर्न सके नेपाल एकदिवसीय विश्वकपको विश्वस्तरीय छनोटमा पुग्नेछ । तर नेपालले अहिलेसम्म ८ खेल खेल्दा चारमा जित र चारमा हार बेहोर्दै ८ अंक जोडेको छ ।
नेपाललालाई शीर्ष तीन भित्र पर्न भने बाँकी खेल जित्नैपर्ने दबाब छ । युएईलाई दुवै खेलमा हराएर टी–२० विश्वकप छनोटमा पुग्न नसक्नुको बदला लिने अवसरसमेत नेपाललाई आएको छ ।
युएईमा हुने सिरिजको चार खेल नै जितेर ८ अंक जोड्न सके १६ अंकसहित नेपाल शीर्ष तीनमा पुग्नेछ । यो लिगमा २७ खेलबाट १७ जितसहित ओमान ३६ अंकसहित पहिलो स्थानमा छ । १२ खेल खेलेको स्कटल्याण्ड र १४ खेल खेलेको युएईको पनि १६ अंक नै छ । १२ खेल खेलेकाे पपुवा न्युगिनीले अंककाे खाता खाेल्न सकेकाे छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया