फरार दम्पती पक्राउ
जनकपुर । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र दुई लाख ५० हजार जरिवानाको सजाय पाएर फरार जनकपुरधाम उपमहानगरपालिका-१३ का ४२ वर्षीय रामजी पासवान र एक लाख ५० हजार जरिवानाको सजाय पाएका पासवानको ३२ वर्षीया श्रीमती बिभा पासवानलाई धनुषा प्रहरी पक्राउ गरेको हो ।
अदालतबाट फैसला भएपश्चात फरार रहेका दुवै जनालाई जनकपुरधाम उपमहानगरपालिका १३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । धनुषा जिल्ला अदालतले गत २०७७ माघ २२ गते दम्पतीलाई सो सजायको फैसला गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया