सन्दीपले दिलाए नेपाललाई दोस्रो विकेट, विश्व कीर्तिमानबाट ८ विकेट टाढा
काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृखलामा पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका छन् । आरिफ शेखले पहिलो सफलता दिलाएपछि सन्दीपले १२ ओभरको अन्तिम बलमा लेगा सियाकालाई २५ रनको स्थितिमा आउट गरेका हुन् ।
अब पपुवा न्युगिनीविरुद्धको आजको र लगत्तैको युएईविरुद्धको खेलमा ८ विकेट लिन सके सन्दीपको नाममा दुर्लभ विश्वरेकर्ड बन्नेछ ।
१८ खेलमा ५० विकेट लिन सके सन्दीपले छिटो ५० विकेट लिन सक्ने खेलाडीको विश्व कीर्तिमान कायम गर्नेछन् ।
यस अघि श्रीलंकका अजन्था मेन्डिसको नाममा १९ खेलमा ५० लिएको विश्व कीर्तिमान छ ।
नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको थियो । दुवै ओपनर आउट गरेपछि अब नेपालले खेलम लय समात्न सक्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया