सन्दीपले दिलाए नेपाललाई दोस्रो विकेट, विश्व कीर्तिमानबाट ८ विकेट टाढा

काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृखलामा पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका छन् । आरिफ शेखले पहिलो सफलता दिलाएपछि सन्दीपले १२ ओभरको अन्तिम बलमा लेगा सियाकालाई २५ रनको स्थितिमा आउट गरेका हुन् ।
अब पपुवा न्युगिनीविरुद्धको आजको र लगत्तैको युएईविरुद्धको खेलमा ८ विकेट लिन सके सन्दीपको नाममा दुर्लभ विश्वरेकर्ड बन्नेछ ।
१८ खेलमा ५० विकेट लिन सके सन्दीपले छिटो ५० विकेट लिन सक्ने खेलाडीको विश्व कीर्तिमान कायम गर्नेछन् ।
यस अघि श्रीलंकका अजन्था मेन्डिसको नाममा १९ खेलमा ५० लिएको विश्व कीर्तिमान छ ।
नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको थियो । दुवै ओपनर आउट गरेपछि अब नेपालले खेलम लय समात्न सक्नेछ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया