१२ वर्षपछि रोनाल्डोको हात रित्तो
काठमाडौं । सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छोडेयता पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दुई क्लब फेरिसके ।
च्याम्पियन्स लिग जित्नकै लागि उनी इटालियन क्लब युभेन्ट्स गए । त्यहाँ उनको च्याम्पियन्स लिगको यात्रा क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन ।
यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किँदा पनि रोनाल्डोको लक्ष्य च्याम्पियन्स लिग नै जित्नु थियो । तर, उनको टोली गएराति स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिइसकेको छ ।
यससँगै युनाइटेड र रोनाल्डो यो सिजन सबैखाले प्रतियोगिताको उपाधि जित्नबाट बाहिरिएका छन् । रोनाल्डो १२ वर्षपछि पहिलोपटक उपाधिविहीन बनेका हुन् ।
युभेन्ट्समा तीन सिजन बिताउँदा रोनाल्डोले दुई–दुईपटक सिरी ए र इटालियन सुपर कप तथा एकपटक इटालियन कप जितेका थिए ।
तर, यसै सिजन युनाइटेड आएका रोनाल्डो उपाधिविहीन हुन पुगेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया