पपुवा न्युगिनीविरुद्ध नेपाललाई २०५ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध २०५ रनको लक्ष्य पाएको छ । निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै पिएनजीले २०४ रन बनाएको हो ।
पिएनजीका लागि चाल्र्स एमिनीले सर्वाधिक ५९ रन बनाए । चाड सोपेरले ३५ रन बनाए । टोरी उराले २७, लेगा सिआकाले २५, नर्मन भानुवाले २३ र असाद भालाले १९ रन बनाए ।
नेपालका लागि बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए । मल्लले पहिलोपटक एक दिवसीय खेलमा विकेट लिएका हुन् ।
१३ खेलिसक्दा पिएनजीले एक खेल पनि जितेको छैन । नेपालले ८ खेलमध्ये चारवटामा जित र चारवटामा हार बेहोरेको छ ।
समूहका सात टिममध्ये शीर्ष तीन एक दिवसीय विश्वकप छनोटको क्वालिफायरमा अघि बढ्नेछन् । ३६ अंकसहित ओमान पहिलो स्थानमा छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया