NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

‘गाई’का लागि राप्रपा नेपाल अदालत जान सक्छ : महामन्त्री बर्तौला

काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले ‘गाई’ चुनाव चिन्ह प्राप्त गर्न आफूहरू अझै अदालत जान सक्ने बताएका छन् ।

निर्वाचन आयोगले आज राप्रपा नेपाललाई तीर चुनाव चिन्ह दिएकोप्रति प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

निर्वाचन आउन धेरै समय बाँकी नभएकाले आफूहरू अहिलेलाई तीर चिन्ह स्वीकार गरे पनि भविश्यमा गाईकै लागि संघर्ष गर्ने उनले बताए ।

‘चुनाव चिन्ह गाई माग गर्ने भनेर हाम्रो केन्द्रीय समितिले नै निर्णय गरेको हो । तर, चुनाव मुखैमा आइसकेकाले अहिले त्यसको तयारीमा लाग्न जरुरी छ । यसैकारण अहिले गाईको विकल्पमा हामीले तीर मागेका हौं,’ नेपालवाचसँग महामन्त्री बर्तौलाले भने, ‘गाईको माग गर्दै हामीले अदालत जाने निर्णय गरेका थियौं । तर, अहिलेलाई स्थगित भएको छ । यद्यपि, भविश्यमा फेरि जान सक्छौं ।’

गाई राष्ट्रिय जनावर भएको जनाउँदै निर्वाचन आयोगले चुनाव चिन्ह दिन नमानेको बताइएको छ ।

निर्वाचन आयोगले दियो राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’